२०८२, मंसिर १८ गते

Dec 04 2025 | २०८२, मंसिर १८ गते

रुपन्देहीमा ६ लाख बढीको अवैध सामान बरामद

बिहिवार , मंसिर १८, २०८२

  • 649
    Shares
  • 649
    Shares
  • भैरहवा, १८ मंसिर । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको टोलीले दुई दिनमा ६ लाख बढीको अवैध सामान बरामद गरेको छ ।

    मंसिर १६ र १७ गते जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा अवैधरुपमा भन्सार छली, चोरी पैठारी गरेर ल्याइएका अन्दाजी मूल्य ६ लाख ६ हजार बराबरको सामान नियन्त्रणमा लिइएको रुपन्देही प्रहरीले जनाएको छ ।

    नियन्त्रणमा लिइएका सामान आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीले बताउनुभयो ।

    डीएसपी कार्कीका अनुसार जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले रोहिणी गाउँपालिका–३ बाट ३ वटा भैसी, ११ वटा पाडी, रेडिमेट उलान कुर्ता ६० पिस, सिलाउने उलान कुर्ता ३० पिस, लेडिज पछौरा ४० पिस, नाईक लेखेको हुडी लगाएका सामानहरु गरी ४ लाख ५१ हजार रुपैयाँ बराबरको सामान तथा भैसी र पाडीहरु वेवारिसे अवस्थामा बरामद गरेको छ ।

    त्यस्तै इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका–१ स्थित बेलहिया बसपार्कबाट मोटरसाईकल, कम्बोर्ड ट्वाइलेट सिट १ थान, स्वीटर ५ पिस, पोन्डस पाउडर ५० पिस, बोरो प्लस क्रिम २३ प्याकेट र दैनिक उपभोग्यका सामानहरु ५ बोरा गरी १ लाख ५५ हजार मूल्य बराबरको सामान बेवारिसे अवस्थामा बरामद भएको प्रहरीले जनाएको छ ।