२०८२, मंसिर १९ गते

Dec 05 2025 | २०८२, मंसिर १९ गते

‘स्वादिलो खाजा घर’ ले आम्दानीको दश प्रतिशत समाजसेवामा खर्चिने

शुक्रवार , मंसिर १९, २०८२

  • 223
    Shares
  • 223
    Shares
  • भैरहवा, १९ मंसिर । रुपन्देहीको भैरहवामा मंसिर ३ गतेदेखि सातौं लुम्बिनी महोत्सव–२०८२ (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवर्द्धन) सुरु भएको छ । मंसिर २१ गते आइतबार महोत्सवको समापन हुँदैछ । 

    चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) ले आयोजना गरेको महोत्सवमा कोही साँस्कृतिक कार्यक्रम अवलोकनमा व्यस्त देखिन्छन् । कोही स्टलमा सामान किन्न, कोही पिङ खेल्न भने कोही विभिन्न स्टलमा राखिएका खाजा, नास्ताको स्वाद लिन । 

    स्टल नम्बर १० उपभोक्ता रोजाइमा पर्न सफल भएको छ । स्टल नम्बर १० को नामै छ ‘स्वादिलो खाजा घर’ । यो स्टलमा उपभोक्ताको भिड लागेको छ । यो स्टलमा रहेका व्यक्तिहरु तीनै हुनुहुन्छ जसले सिद्धार्थनगर नगरपालिकाद्वारा केही वर्षअघि सञ्चालित हस्पिटालिटी तालिममा सहभागीता जनाउनुभएको थियो । स्वादिलो खाजा घरमा रोशन बहादुर थापाको नेतृत्वमा १० जना खटिएका छन् ।

    ‘केही वर्षअघि सिद्धार्थनगर नगरपालिकाद्वारा सञ्चालित १५ दिने तालिममा सहभागीता भएका थियौं । जसमध्ये हामी अधिकांश यो स्टलमा ग्राहकलाई खाजा खुवाउँदैछौं, ’सिद्धार्थनगर–४ का रोशन बहादुर थापाले भन्नुभयो । 

    स्टलमा दैनिक १ सय जना बढी ग्राहक आउने गरेको उहाँले जानकारी दिनुभयो । महोत्सवमा आउने उपभोक्ताको रोजाइमा ‘स्वादिलो खाजा घर’ पर्न सफल भएको भन्दै थापाले खुसी व्यक्त गर्नुभयो । थापाले भन्नुभयो, ‘स्टलमा खाजा खाएपछि उपभोक्ताले यहाँ पाइएका परिकार स्वादिलो भएको भनेपछि खुसीको अनुभुति भएको छ ।’ 

    आगामी दिनमा पनि आयोजना गरिने महोत्सव लगायतका कार्यक्रममा स्टल राख्ने सोच रहेको थापाको भनाइ छ । स्टलको सौजन्य सिद्धार्थनगर नगरपालिकाले गरेको उहाँको भनाइ छ । ‘हामी यहाँको स्थानीयबासी पनि भएर होला सिद्धार्थनगर नगरपालिकाको १३ वटै वडाबाट ग्राहकहरु हाम्रो स्टलमा आउनुभएको छ । स्टलबाट भएको आम्दानीबाट १० प्रतिशत रकम समाजसेवामा खर्चिने उहाँले भनाइ छ । २०८० सालमा चेम्बर अफ कमर्स, रुपन्देहीले आयोजना गरेको छैठौं लुम्बिनी प्रादेशिक महोत्सवमा पनि ‘स्वादिलो खाजा घर’ को स्टल राखिएको गरिएको उहाँको भनाइ छ । 

    swadilo khaja ghar.jpg
    =

    ‘स्वादिलो खाजा घर’ का अब्दुल खलिकले स्टलमा हलाल गरेको मासुको व्यवस्था गरिएको बताउनुभयो । उहाँले यस वर्ष बट्टाईको मासु पनि विशेष परिकारको रुपमा रहेको जानकारी दिनुभयो । स्टलमा खाजा खान आउनुभएका विभिन्न विद्यालयका शिक्षक र विद्यार्थीहरुले नाम जस्तै ‘स्वादिलो खाजा घरको खाजा स्वादिलो रहेको बताउनुभयो ।