२०८२, मंसिर २४ गते

Dec 10 2025 | २०८२, मंसिर २४ गते

प्रथम भैरव नकआउट फुटबल : भैरव युवा क्लब रामग्राम विजयी

बुधवार , मंसिर २४, २०८२

  • 733
    Shares
  • 733
    Shares
  • भैरहवा, २४ मंसिर । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ स्थित पक्लिहवा माध्यमिक विद्यालयको खेलमैदानमा जारी ‘प्रथम भैरव नकआउट फुटबल प्रतियोगिता–२०८२’ जारी छ । प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा भैरव युवा क्लब रामग्राम, नवलपरासी विजयी भएको छ । खेलमा फर्साटिकर युवा क्लव फर्साटिकर, शुद्धोधन रुपन्देहीलाई २–० गोलले पराजित गर्दै भैरव क्लब विजयी भएको हो ।

    खेलमा भैरव क्लबका खेलाडी अनुज गैरेले खेल सुरु भएको १४ औं मिनेटमा पहिलो गोल गर्नुभएको थियो । सोही क्लबका विज्ञान गुरुङले ३० औं मिनेटमा दोस्रो गोल गर्नुभएको थियो ।

    खेलमा भैरव युवा क्लबका विज्ञान गुरुङ म्यान अफ द म्याच घोषित भइ २ हजार ५ सय रुपैयाँ प्राप्त गर्नुभएको प्रतियोगिताको आयोजक श्री भैरव युवा क्लब नयाँ गाउँ, रानी गाउँको कोषाध्यक्ष श्रद्धा गुरुङले बताउनुभयो ।

    WhatsApp Image 2025-12-09 at 6.22.16 PM.jpeg

    बुधबार सम्पूर्ण युवा क्लब सुपौली तिलोत्तमा, रुपन्देही र मोनस्टर गाइज सुनवल, नवलपरासीबीच पहिलो सेमीफाइनल प्रतिष्पर्धा हुने आयोजकले जनाएका छन् ।

    मंसिर २७ गतेसम्म प्रतियोगिता सञ्चालन हुने क्लबका अध्यक्ष याम बहादुर थापाले बताउनुभयो । लामो समयदेखि हुन नसकेको राष्ट्रियस्तरको गोल्डकप निकट भविष्यमा आयोजना गरी सिद्धार्थनगरलाई खेलकुदमय बनाउने सपना र बचेको रकमबाट पक्लिहवा माविमा अध्ययनरत जेहेन्दार तथा विपन्न विद्यार्थीहरुलाई सहयोग गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।