आइतवार , मंसिर २८, २०८२
भैरहवा, २८ मंसिर । नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघ लुम्बिनी क्षेत्रीय समितिको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
क्षेत्रीय समितिका अध्यक्ष विष्णु वाग्लेको अध्यक्षता, केन्द्रिय वरिष्ठ उपाध्यक्ष मेख बहादुर अधिकारीको प्रमुख आतिथ्यतामा शुक्रबार रुपन्देहीको शंकरनगरमा सम्पन्न भएको हो ।
साधारणसभामा स्वागत मन्तव्य राख्नुहुँदै क्षेत्रीय समितिका कोषाध्यक्ष आनन्द कर्णले औद्योगिक क्षेत्रको सुरक्षा, दिगो विकास, उत्पादनमा नवीनता, सदस्य उद्यमीहरुको हकहित, संरक्षण तथा देशको औद्योगिक समृद्धिमा संघले गरेको योगदान प्रशंसनीय रहेको बताउनुभयो ।
साधारणसभामा नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघ केन्द्रीय सदस्यहरु, प्रदेश अध्यक्ष, लुम्बिनी क्षेत्रीय सल्लाहकारहरु, लुम्बिनी क्षेत्रीय समितिका पदाधिकारीहरु तथा सदस्यहरु, उद्योगी–व्यवसायीहरुको उपस्थिति थियो ।
रामप्रसाद भट्टराईको सञ्चालनमा सम्पन्न कार्यक्रममा कमल नेपाल, कमल भण्डारी, श्रवण कुमार जैसवाल, ऋषि भण्डारी लगायतले बोल्नुभएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij