२०८२, मंसिर २९ गते

Dec 15 2025 | २०८२, मंसिर २९ गते

वादोरियो करातेको खेलाडीलाई ८ स्वर्णसहित १० पदक

सोमवार , मंसिर २९, २०८२

  • 952
    Shares
  • 952
    Shares
  • भैरहवा, २९ मंसिर । अन्नपूर्ण इङ्लिस बोर्डिङ स्कूल तथा देवदह वादोरियो कराते–डो एकेडेमीका खेलाडीहरूले ८ स्वर्णसहित १० पदक हासिल गर्न सफल भएका छन् ।

    मंसिर २७ र २८ गते भारतको दिघामा सम्पन्न चौथो अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगिता २०२५ खेलाडीहरुले ९ स्वर्ण, १ रजत र १ कास्य पदक प्राप्त गरेको एसियन कराते फेडेरेण्शन (एकेएफ) का कोच मुहम्मद अलीले जानकारी दिनुभयो ।

    पुरुषतर्फ स्वर्ण पदक जित्ने खेलाडीमा लेनिस बुढाथोकी, कृष्ण पासी, विप्लव गोतामे, यज्ञ काफ्ले र प्रविन वि.क. रहनुभएको छ । त्यस्तै लिकिश बुढोथोकीले रजत र निराञ्जन डुम्रेले कास्य पादक प्राप्त गर्नुभएको छ । महिलातर्फ ममता थापा, मिमोसा थापा नामजाली र अविमा आलेले स्वर्ण पदक प्राप्त गर्नुभएको छ ।

    प्रतियोगितामा सहभागी हुन् टीम व्यवस्थापक सागर काफ्ले, प्रशिक्षक मनिष रोका मगर र अर्विन गुरुङसहितको टोली भारत पुगेको थियो ।

    WhatsApp Image 2025-12-15 at 12.39.21 PM.jpeg

    नेपाली खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै कराते प्रशिक्षक मुहम्मद अलीले खुसी व्यक्त गर्नुभएको छ । ‘अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी भइ नेपाली राष्ट्रिय झण्डाको गौरव उच्च राख्न सफल हुनुभएकोमा म सम्पूर्ण खेलाडीहरू तथा प्रशिक्षक (कोच) हरूप्रति हार्दिक बधाई एवं धन्यवाद व्यक्त गर्न चाहन्छु, ’उहाँले भन्नुभयो ।

    खेलाडीहरूको अनुशासन, मिहिनेत र समर्पणले देशलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन ठूलो योगदान पुर्याएको उहाँको भनाइ छ ।