बिहिवार , पौष ३, २०८२
काठमाडौं, ३ पुस । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली बिजयी हुनुभएको छ ।
११ औ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि भएको निर्वाचनबाट अध्यक्ष ओली १६६३ मतका साथ विजयी बन्नुभएको हो । अध्यक्ष ओलीका प्रतिद्वन्द्वी ईश्वर पोखरेलले ५६४ मत प्राप्त गर्नुभयो । ओली लगातार तेश्रो कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । त्यस्तै महासचिवमा शङ्कर पोखरेल १२२८ मत ल्याएर महासचिवमा विजयी हुनुभएको छ । उहाँको प्रतिद्वन्द्वी सुरेन्द्र पाण्डेले ९९९ मत प्राप्त गर्नुभयो ।
केन्द्रीय निर्वाचन आयोगका अनुसार उपाध्यक्षमा पृथ्वी सुब्बा गुरुङले १७३७ मत, विष्णुप्रसाद पौडेलले १६७५ मत, रामबहादुर थापाले १५१६ मत, गोकर्णराज विष्टले १३६८ मत र रघुजी पन्त १२५८ मतका साथ विजयी हुनुभएको छ ।
त्यसैगरी, उपमहासचिवमा लेखराज भट्टले १४५२मत, रघुवीर महासेठले १३६८ मत र योगेश भट्टराई १३४८ मततका साथ विजयी हुनुभएको छ ।
त्यसैगरी, सचिव महेश बस्नेतले १५४४मत, छविलाल विश्वकर्माले १५०६ मत, पद्मा कुमारी अर्यालले १५३० मत , शेरधन राईले १५०३ मत , हिक्मतकुमार कार्कीले १३३७मत , खगराज अधिकारीले १३३१ मत, यमलाल कँडेलले ११८५ मत, राजन भट्टराईले ११८१ मत र भानुभक्त ढकाल ११०८ मतका साथ विजयी हुनुभएकोे छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij