२०८२, पौष ५ गते

Dec 20 2025 | २०८२, पौष ५ गते

पुस १२ देखि १४ गतेसम्म ‘लुम्बिनी न्यूज फेस्टिबल’ हुँदै

शनिवार , पौष ५, २०८२

  • 223
    Shares
  • 223
    Shares
  • भैरहवा, ५ पुस । लुम्बिनी प्रेस क्लब, रुपन्देहीको आयोजनामा यही पुस १२, १३ र १४ गते बुुद्ध जन्मस्थल लुम्बिनीमा समाचार महोत्सव (लुम्बिनी न्यूज फेस्टिबल) हुने भएको छ । २०७६ साल मंसिर १, २ र ३ मा लुम्बिनीमा पहिलोपटक समाचार महोत्सव (न्युज फेस्टिभल) सम्पन्न गरेको लुम्बिनी प्रेस क्लबले दोस्रोपटक २०८० सालमा भैरहवामै गरेको थियो । 

    प्रेस क्लबको आयोजनामा तेस्रोपटक हुुन गइरहेको समाचार महोत्सवलाई ऐतिहासिक बनाउने गरी गृहकार्य भइरहेको क्लबका अध्यक्ष कमल रायमाझीले बताउनुभयो । 

    अध्यक्ष रायमाझीले भन्नुभयो–‘लुम्बिनीमा तेस्रोपटक हुुन गइरहेको समाचार महोत्सवलाई ऐतिहासिक र उपलब्धीपूर्ण बनाउन हामी सबै लागिरहेका छौं । यो महोत्सवमा नेपाली पत्रकारिता र सञ्चार क्षेत्रको बारेमा छलफल, बहस र अन्तरक्रिया हुनेछ ।’

    नेपालकै इतिहासमा पहिलोपटक २०७६ सालमा काठमाडौंका मूलधारका ५० जना सम्पादक र देशभरीका ३ सयजना पत्रकार सहभागी गराई पहिलो समाचार महोत्सव गरेको लुम्बिनी प्रेस क्लबको तेस्रोपटकको समाचार महोत्सवलाई धेरैले चासोपूर्वक लिएको देखिन्छ ।’ 

    तेस्रो समाचार महोत्सवमा समाचारका विभिन्न विधाको बारेमा छलफल, बहस र अन्तरक्रिया गरिने र त्यसले नेपाली पत्रकारिताको इतिहासको समीक्षा गर्दै वर्तमानको अवस्था उजागर गदै भविष्यको मार्ग तयार गर्न योगदान दिने अपेक्षा गरिएको छ । 

    महोत्सवमा भारतको उत्तरप्रदेश र सिक्किमका पत्रकारहरु,काठमाडौंका पत्रकारहरु तथा नेपालको विभिन्न जिल्लाबाट प्रतिनिधिमूलक रुपमा पत्रकारहरु सहभागी हुने कार्यक्रम संयोजक समेत रहनुभएका लुम्बिनी प्रेस क्लबका उपाध्यक्ष दीपेन्द्र बडुवालले बताए । संयोजक बडुवालले भन्नुभयो–‘नेपाली पत्रकारिता जगतमा लुम्बिनी न्यूज फेस्टिभल ऐतिहासिक कार्यक्रम हो । यो कार्यक्रममा सबै पत्रकारहरुलाई सक्रियतापूर्वक सहभागीता जनाउन हामीले आग्रह समेत गरेका छौं ।’

    १२ वर्ष अगाडि क्रियाशील पत्रकारहरुको सक्रियतामा स्थापना भएको लुम्बिनी प्रेस क्लबले पत्रकारिता क्षेत्रको विकासको लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।