शुक्रवार , फाल्गुण १, २०८२
काठमाडौं, १ फागुन । राष्ट्रिय सभाको चालु १९ औं अधिवेशन शुक्रवार राति १२ बजेबाट लागू हुनेगरी अन्त्य भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिय सभाको चालु १९ औं अधिवेशन आगामी फागुन १ गते राति १२ बजेदेखि लागू हुनेगरी अन्त्य गर्नुभएको हो । राष्ट्रिय सभाको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गर्दै राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले अधिवेशन अन्त्यको औपचारिक जानकारी गराउनु भयो ।
नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८२ माघ २६ गतेको सिफारिसमा राष्ट्रपति पौडेलले सो अधिवेशन अन्त्य गर्नुभएको हो ।
माघ २९ गते जारी गरिएको पत्रानुसार सम्वत २०८२ साल फागुन १ गते शुक्रवार राति १२ बजेदेखि चालु अधिवेशन स्वतः अन्त्य हुने उल्लेख छ । सभाको बैठकमा अध्यक्षले राष्ट्रपतिबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउँदै १९ औं अधिवेशन आजै रातिबाट अन्त्य भएको घोषणा गर्नुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
