२०८२, फाल्गुण १६ गते

Feb 28 2026 | २०८२, फाल्गुण १६ गते

संविधान सभा सदस्य तथा नेकपा केन्द्रीय सदस्य विनोद पहाडी एमाले प्रवेश

शनिवार , फाल्गुण १६, २०८२

  • 283
    Shares
  • 283
    Shares
  • रूपन्देही, १६ फागुन ।नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य विनोद पहाडी नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । पहाडीलाई एमाले उपाध्यक्ष विष्णु प्रसाद पौडेल, सचिव छविलाल विश्वकर्मा, नेता लिला गिरी लगायतले पार्टीमा स्वागत गर्नुभएको हो । 

    एमाले प्रवेश गर्दै पहाडीले राष्ट्रिय स्वाभिमानमा एमालेको दृढतालाई आधार मानेर रोजेको बताउनुभयो । उहाँले एमालेमाथि भएको घेराबन्दी र आक्रमण लोकतन्त्र र गणतन्त्रमाथिको आक्रमण भएको बताउनुभयो । पहाडीले कुनै लोभमा र लहडमा नभएर विचारका आधारमा एमाले रोजेको स्पष्ट पार्नुभयो । उहाँसँगै नेकपा रूपन्देही सदस्य सरोज गौतम, नगर सदस्य जनक गौतम एमाले प्रवेश गर्नुभएको छ ।