२०८२, फाल्गुण १७ गते

Mar 01 2026 | २०८२, फाल्गुण १७ गते

रुपन्देही–२ मा कसैलाई पनि समर्थन गरेका छैनौं : राप्रपा रुपन्देही

आइतवार , फाल्गुण १७, २०८२

  • 292
    Shares
  • 292
    Shares
  • भैरहवा, १७ फागुन । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवारलाई समर्थन गरेको भन्ने समाचारप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । 

    आइतबार प्रेस विज्ञप्ती जारी गर्दै पार्टीका जिल्ला अध्यक्ष सागर प्रताप राणाले अहिलेको सन्दर्भमा राप्रपाले अहिलेसम्म आधिकारिक रुपमा कसैलाई पनि समर्थन नगरेको स्पष्ट पार्नुभएको छ ।
    राप्रपाकोतर्फबाट उम्मेदवार नभएको अवस्थामा पार्टीको जिल्ला कार्यसमिति समेतलाई कुनै पनि जानकारी नगराई क्षेत्रीय सभापतिले हस्ताक्षर गरेर काँग्रेसका उम्मेदवारलाई चुनावमा समर्थन गरेको भन्ने कुरा पूर्ण रुपमा पार्टी संगठन नीतिविपरीत रहेको बताउनुभयो ।

    ‘क्षेत्रीय सभापतिले आर्थिक प्रलोभनमा परी आफ्नो एकल निर्णयबाट गरेको समर्थनलाई पार्टीकातर्फबाट खण्डन गर्न चाहन्छु । निर्वाचनको समुखमा मतदाता प्रभावित पार्ने गरी गरिएको उक्त कार्यप्रति पूर्णरुपमा खेद प्रकट गर्दै राप्रपाको मतदातालाई विचलित नहुन पनि विनम्र आग्रह गर्दछु, ’उहाँले भन्नुभयो ।

    राप्रपा रूपन्देही–२ का क्षेत्रीय अध्यक्ष रामबहादुर थापाले नेपाली कांग्रेसका उम्मेदवार चुन्न प्रसाद पौडेललाई समर्थन गर्ने निर्णय गरेको विज्ञप्ति सार्वजनिक गरेपछि जिल्ला अध्यक्ष राणाले प्रेस विज्ञप्ती जारी गरी खण्डन गर्नुभएको हो । केन्द्रदेखि जिल्लासम्म कुनै पनि दलसँग मिलेर जाने भन्ने कुरा नरहेकोले राप्रपाले कसैलाई पनि समर्थन नगरेको उहाँले बताउनुभयो ।