२०८२, फाल्गुण ३० गते

Mar 14 2026 | २०८२, फाल्गुण ३० गते

आफ्नो क्षेत्रको विकासका लागि आवाज उठाउन नछोडौं : आशुतोष मिश्र

शनिवार , फाल्गुण ३०, २०८२

  • 277
    Shares
  • 277
    Shares
  • भैरहवा, ३० फागुन । नेपाली काँग्रेसका नेता आशुतोष मिश्रले आफ्नो क्षेत्रको विकासका लागि आवाज उठाउन नछोड्न आग्रह गर्नुभएको छ । उहाँले आफ्ना सांसद, मेयर र वडा अध्यक्षसँग विकासका विषयमा प्रश्न गर्न समेत आग्रह गर्नुभएको छ । ‘प्रश्न गर्नु प्रत्येक नागरिकको अधिकार हो । तर, प्रश्न सभ्य तरिकाले सोधिनुपर्छ, अपमानजनक शैलीमा होइन, ’उहाँले भन्नुभयो ।

    पछिल्लो समय सामाजिक सञ्जालमा अनावश्यक आरोप–प्रत्यारोप र झगडा बढिरहेको देखिएको भन्दै उहाँले त्यस्तो गर्न नहुने बताउनुभएको छ । ‘विभिन्न राजनैतिक दल का समर्थकहरूलाई पनि म एउटा विनम्र अनुरोध गर्न चाहन्छु । कतिपयलाई विषयको गहिराइ थाहा नभए पनि उम्मेदवारप्रतिको भावनात्मक नजिकियताका कारण जे पायो त्यही पोष्ट गर्ने प्रवृत्ति देखिन्छ, जसले समाजमा द्वन्द्व र अन्ततः शारीरिक झडपसम्मको वातावरण सिर्जना गर्न सक्छ । यस्तो कार्यबाट टाढा रहनुहोस्, ’उहाँले भन्नुभयो ।