२०८३, आश्विन ६ गते

Sep 22 2026 | २०८३, आश्विन ६ गते

राप्रपा रुपन्देहीका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुको पदस्थापना

मंगलवार , आश्विन ६, २०८३

  • 391
    Shares
  • 391
    Shares
  • भैरहवा, ६ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला कार्यसमिति रुपन्देहीका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको सपथग्रहण एवं पदस्थापना समारोह मंगलबार भैरहवामा सम्पन्न भएको छ ।

    राप्रपा जिल्ला निर्वाचन समिति रुपन्देहीको आयोजनामा भएको समारोहमा जिल्ला अध्यक्ष सागर प्रताप राणासहित ४० जना जिल्ला कमिटी सदस्य, पाँचजना क्षेत्रीय अध्यक्ष, १० जना प्रदेश सभा कमिटी अध्यक्ष र १६ जना पालिका अध्यक्षलाई सपथग्रहण गराइएको पार्टीका नेता अजय कुमार गुप्ताले बताउनुभयो ।

    WhatsApp Image 2026-09-22 at 2.00.15 PM.jpeg

    लुम्बिनी प्रदेश सभाकी उपसभामुख मेनुका खाण के.सी.को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत सीताराम सिंहले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सपथग्रहण गराउँदै प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

    राप्रपा रुपन्देहीको गत भदौ १४ गते सम्पन्न सातौं जिल्ला अधिवेशनबाट उहाँहरू निर्वाचित हुनुभएको थियो ।

    WhatsApp Image 2026-09-22 at 2.00.16 PM.jpeg
    WhatsApp Image 2026-09-22 at 2.00.15 PM (1).jpeg