२०८२, चैत्र ९ गते

Mar 23 2026 | २०८२, चैत्र ९ गते

सिंहदरबार सुरक्षा प्रबन्धबारे गृह मन्त्रालयमा बैठक

सोमवार , चैत्र ९, २०८२

  • 280
    Shares
  • 280
    Shares
  • काठमाडौं, ९ चैत । सिंहदरबार सुरक्षा प्रबन्धका लागि गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा मन्त्रालयमा बैठक बसी सुरक्षा तयारीबारे छलफल भएको छ । आइतबार गृह सचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दान बहादुर कार्की, मन्त्रालयका उच्च अधिकारीसहितको बैठकले नवनिर्वाचित संघीय सांसदको सपथग्रहण र अधिवेशन सञ्चालनदेखि सिंहदरबारभित्रको आन्तरिक सुरक्षा तयारीबारे छलफल भएको हो ।

    बैठकमा गृहमन्त्री अर्यालले सांसदहरुको सपथग्रहण, संसद अधिवेशन सञ्चालन र व्यवस्थापन तथा सिंहदरबारभित्रका मन्त्रालयको सुरक्षालाई समेत ध्यानमा राखेर ट्राफिक र  सुरक्षा व्यवस्थापन गर्न निर्देशन दिनुभयो ।

    सुरक्षाको आवश्यकीय प्रबन्ध गरिएको प्रहरीका उच्च अधिकारीबाट जानकारी गराइएको थियो ।