२०८२, चैत्र ९ गते

Mar 23 2026 | २०८२, चैत्र ९ गते

प्रेस सेन्टर केन्द्रीय अनुशासन आयोग अध्यक्षसहित ७ जनाले दिए राजीनामा

सोमवार , चैत्र ९, २०८२

  • 421
    Shares
  • 421
    Shares
  • भैरहवा, ९ चैत । प्रेस सेन्टर नेपालका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष गुनाराम घिमिरेसहित ७ जनाले सामूहिक राजीनामा दिनुभएको छ । प्रेस सेन्टरको साधारण सदस्य समेत नरहने गरी सोमबार केन्द्रीय अध्यक्षसमक्ष राजीनामा पेश गरिएको घिमिरेले जानकारी दिनुभयो । 

    अबदेखि आफूहरु स्वतन्त्र रुपमा काम गर्ने उहाँले बताउनुभयो । घिमिरेले लुम्बिनी प्रदेशका पूर्व प्रदेश प्रमुख अमीक शेरचनको प्रेस सल्लाहकारको रुपमा पनि काम गर्नुभएको थियो ।

    राजीनामा दिनेमा प्रेस सेन्टरका पूर्व केन्द्रीय सदस्य भुवन कार्की, रुपन्देहीको पूर्व जिल्ला उपाध्यक्ष शारदा शाही, पूर्व जिल्ला सचिव मोहन न्यौपाने, सह–सचिव कल्पना घिमिरे, जिल्ला सदस्यद्वय प्रकाश पाण्डे र नेत्र रुचाल रहनुभएको छ ।