२०८२, चैत्र १० गते

Mar 24 2026 | २०८२, चैत्र १० गते

इनरुवामा फहराइयो नेपालकै अग्लो राष्ट्रिय झण्डा

मंगलवार , चैत्र १०, २०८२

  • 157
    Shares
  • 157
    Shares
  • इनरुवा, १० चैत । इनरुवाको वडा नम्बर ७ मा निर्माणाधिन ग्रिन सिटी पार्क भित्र २ सय १० फिट अग्लो राष्ट्रिय झण्डा फहराइको हो ।

    पाथीभरा देवीको मन्दिर निर्माणका लागि आयोजित पुराणकाबीच इनरुवामा नेपालकै अग्लो राष्ट्रिय झण्डा राखिएको छ । पञ्चेबाजाको धुनसहित विशेष पूजाआजा गरी अग्लो उचाईमा राखिएको नेपालको राष्ट्रिय झण्डो झण्डोत्तोलन गरिएको थियो ।

    ग्रीन सिटी परियोजना अन्तर्गत इनरुवामा नेपालकै अग्लो राष्ट्रिय झण्डा राखेको डीएन ग्रुपले अग्लो राष्ट्रिय झण्डा सहित निर्माणाधिन पाथीभरा मन्दिरको पूर्णतासँगै थपिने संरचनाहरुले इनरुवाको पर्यटन र बिकासमा टेवा पुग्ने विश्वास लिएको छ ।