बिहिवार , चैत्र १२, २०८२
भैरहवा, १२ चैत । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानहरुबाट साढे ८ लाख बढीको अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले बुधबार चेकजाँच गर्ने क्रममा अवैधरुपमा भन्सार छली चोरी पैठारी गरेको अन्दाजी मूल्य ८ लाख ६१ हजार २१ रुपैयाँ बराबरको सामान बरामद गरेको हो ।
बराबर गरिएको सामान र सवारीसाधन आवश्यक कारवाहीका पशु क्वारेन्टाईन कार्यालय र भैरहवा भन्सार कार्यालय बेलहियामा पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) कृष्ण कुमार चन्दले बताउनुभयो ।
बरामद गरिएको सामानमा चिनी, तेल, झुल, सरफ, केरा, कुर्ता सुरुवाल, मोटर पार्ट्सका सामान, विभिन्न किराना सामान, टेन्ट कपडा, लेडिज सुट, साडी, प्लाष्टिकको फूल, बिस्कुट, बोइलर कुखुरा, मोटरसाइकललगायत रहेका छन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij