२०८३, आश्विन २९ गते

Oct 15 2026 | २०८३, आश्विन २९ गते

बाल अधिकार अनुगमन कार्यशाला सम्पन्न

मंगलवार , चैत्र १७, २०८२

  • 814
    Shares
  • 814
    Shares
  • भैरहवा, १७ चैत । बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था सिविन नेपालको आयोजनामा बाल अधिकार फिल्ड अनुगमनका विषयमा कार्यशाला गोष्ठी रुपन्देहीको भैरहवामा सोमबार सम्पन्न भएको छ ।

    बाल अधिकार अनुगमन किन आवश्यक छ, कस्ताकस्ता अवस्थामा गरिन्छ, कुनै पनि अनुगमन गर्दा अनुगमनकर्ताले छुटाउनै नहुने विषय के के हुन्, अनुगमनकर्ताले के–के तयारी गर्नुपर्छ, अनुगमनकर्ताको न्यूनतम योग्यता के के हुनुपर्छ जस्ता विषयमा समूहगत छलफल भएको थियो ।

    कार्यक्रममा राष्ट्रिय सन्यन्त्रमा आधारित बाल अधिकार अनुगमन उपकरणका बारेमा पनि चर्चा भएको थियो । नेपालको संविधान, बाल अधिकार सम्बन्धी ऐन २०७५, राष्ट्रिय बाल अधिकार परिषद, बाल अधिकार सम्बन्धी महासन्धी, अन्तर्राष्ट्रिय अनुगमन संयन्त्रहरुका बारेमा पनि छलफल गरिएको थियो । कार्यक्रममा सिविन नेपालका निरिजना भट्ट र फुलमाया पासवानले सहजीकरण तथा प्रस्तुतीकरण गर्नुभएको थियो ।

    कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाई,सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारी, माइती नेपाल भैरहवाका प्रमुख माया क्षेत्री, इन्सेक प्रतिनिधि रिमा बिसी, अधिवक्ता सुनिल त्रिपाठी, शुभ अवसर ग्राम नेपालका सत्यनारायण यादव, बाल सञ्जालका अध्यक्ष तारा बेल्वासे, विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, शिक्षक लगायतको सहभागीता थियो ।