२०८३, आषाढ २९ गते

Jul 13 2026 | २०८३, आषाढ २९ गते

रुपन्देहीमा झण्डै २१ लाखको अवैध सामान बरामद

बिहिवार , चैत्र १९, २०८२

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • भैरहवा, १९ चैत । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले मंगलबार झण्डै २१ लाखको अवैध सामान बरामद गरेको छ ।

    जिल्लाका विभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा अवैधरुपमा भन्सार छली चोरी पैठारी गरेको अन्दाजी मूल्य २० लाख ९९ हजार ७ सय ९३ रुपैयाँ बराबरको सामान बरामद गरेको हो ।

    बरामद गरिएको सामान र सवारीसाधन आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाईन कार्यालय भैरहवा र भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) कृष्ण कुमार चन्दले जानकारी दिनुभयो ।

    प्रहरीले बरामद गरेको सामानमा ईभेन केयर क्रिम, लोटस् मोस्चराईजर, ट्रकको बम्फर, डाट एण्ड कि सन्सक्रिम, बायोडर्मा क्रिम, लोटस् सनबलाक, केरा, बोइलर कुखुरा, विभिन्न किराना सामान, कुर्ता सुरवाल, चिनी, माछा लगायत छन् ।

    त्यस्तै प्रहरीले सोमबार जिल्लाका विभिन्न स्थानबाट १० लाख ६७ हजार ८ सय ८ सय र आइतबार ९६ लाख १२ हजार ४२ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको थियो ।