२०८२, चैत्र १९ गते

Apr 02 2026 | २०८२, चैत्र १९ गते

नागरिकको घरदैलोमा सांसद खनाल, बुझ्दै जनजीविकाका सवाल

बिहिवार , चैत्र १९, २०८२

  • 346
    Shares
  • 346
    Shares
  • परासी, १९ चैत । नवलपरासी (पश्चिम) प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएर पद तथा गोपनीयताको शपथग्रहण गरेलगत्तै सांसद विक्रम खनाल आफ्नो निर्वाचन क्षेत्रका नागरिकहरूको घरदैलोमा व्यस्त हुनुहुन्छ । पश्चिम नवलपरासीको संघीय निर्वाचन क्षेत्र नम्बर १ का जनप्रतिनिधि यतिबेला गाउँ–गाउँ पुगेर जनताका विविध समस्या र गुनासो सुन्नमा सक्रिय हुनुभएको हो ।

    भौगोलिक विविधता र जनसम्पर्क मधेश, तराई र पहाडी समुदायको संयुक्त भूगोल रहेको यस निर्वाचन क्षेत्रको सुस्तादेखि बर्दघाटको विकट पहाडी वस्ती सुखौरासम्म सांसद खनाल पुग्नुभएको छ । उहाँले विभिन्न समुदायका नागरिकसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूको दैनिक जनजीविकासँग जोडिएका विषयवस्तुमा केन्द्रित रहेर छलफल गरिरहनुभएको छ ।

    नागरिकको घरदैलोमा क्रममा सांसद खनालले सार्वजनिक सरोकारका विषयलाई उच्च प्राथमिकता दिनुभएको छ । विशेष गरी लामो समयदेखि अलपत्र अवस्थामा रहेका विभिन्न विकास निर्माणका योजनाहरूलाई प्रभावकारी रूपमा अगाडि बढाउन र समयमै सम्पन्न गर्न उहाँले विशेष चासो देखाउनुभएको छ ।

    WhatsApp Image 2026-03-29 at 6.42.02 PM.jpeg

    सरकारी निकायबाट हुने सेवा प्रवाहलाई चुस्त, दुरुस्त र जनमैत्री बनाउनका लागि जिल्लास्थित विभिन्न सरकारी कार्यालयहरूसँग आवश्यक समन्वय र सहकार्यलाई उहाँले तीव्रता दिनुभएको छ ।

    निर्वाचनलगत्तै जनताको बीचमा पुगेर समस्या बुझ्ने र ती समस्या समाधानका लागि केन्द्रदेखि जिल्ला तहसम्म पहल गर्ने उहाँको यो सक्रियतालाई स्थानीयले सकारात्मक रूपमा लिएका छन् । जनताको प्रत्यक्ष सरोकार रहने सार्वजनिक सेवा र विकासका काममा कुनै ढिलासुस्ती हुन नदिने प्रतिबद्धता समेत उहाँले जनाउनुभएको छ ।

    एक जिम्मेवार जनप्रतिनिधिको रूपमा सांसद खनालको यो अभियानले विकास निर्माणमा देखिएका गाँठो फुकाउन र सुशासन कायम गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।