२०८३, आषाढ २९ गते

Jul 13 2026 | २०८३, आषाढ २९ गते

आज पनि लुम्बिनी प्रदेश सभा बैठक बस्दै

सोमवार , चैत्र २३, २०८२

  • 925
    Shares
  • 925
    Shares
  • दाङ, २३ चैत । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गत सोमबार (आज) छैठौं बैठक बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने तय गरिएको छ ।

    प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा प्रदेश सभा सदस्यहरुले समसामयिक विषयमा विशेष समयमा आफ्ना धारणा राख्ने कार्यक्रम रहेको छ ।

    त्यसै गरी बैठकमा वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवारले ‘प्रदेश वन ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक’ सभामा पेश गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभ कुमार पुनमगरले जानकारी दिनुभयो ।