२०८३, आषाढ २९ गते

Jul 13 2026 | २०८३, आषाढ २९ गते

रुपन्देहीमा २५ वटा मोटरसाइकल प्रहरीको नियन्त्रणमा

सोमवार , चैत्र २३, २०८२

  • 970
    Shares
  • 970
    Shares
  • भैरहवा, २३ चैत । रुपन्देहीमा प्रहरीले २५ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय, बुटवलबाट खटिएको प्रहरी टोलीले ‘अपरेशन साईलेन्ट स्ट्रीटस्’ सञ्चालन गरी आइतबार बुटवल उपमहानगरपालिका–११ स्थित कालिकापथबाट मोटरसाइकल नियन्त्रणमा लिएको हो ।

    बुलेटलगायत विभिन्न ब्राण्डका मोटरसाइकलहरुको स्वरुप परिवर्तन गरी ठूलो आवाज निकाली स्टण्ट गर्ने, मोटरसाइकल स्पार्किङ गर्ने लगायतका कार्य गरी ध्वनी प्रदुषण गर्ने मोटरसाइकल नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्ण कुमार चन्दले बताउनुभयो । सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको उहाँले जानकारी दिनुभयो ।