२०८२, चैत्र २४ गते

Apr 07 2026 | २०८२, चैत्र २४ गते

आज पनि लुम्बिनी प्रदेश सभाको बैठक बस्दै

मंगलवार , चैत्र २४, २०८२

  • 478
    Shares
  • 478
    Shares

  • दाङ, २४ चैत । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गत सातौं बैठक मंगलबार (आज) बस्ने भएको छ । बैठक दिउँसो १ बजेका लागि तय गरिएको छ ।

    प्रदेश सभा सचिवालयका अनुसार बैठकमा प्रदेश सभा सदस्यहरुले समसामयिक विषयमा विशेष समयमा आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ ।

    त्यसै गरी वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवारले ‘प्रदेश वन ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक’ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव सभा समक्ष पेश गर्ने कार्यक्रम छ ।

    गत चैत २२ गतेबाट प्रदेश सभाको बैठक निरन्तर बसिरहेको छ ।