२०८३, आश्विन २९ गते

Oct 15 2026 | २०८३, आश्विन २९ गते

रुपन्देहीमा ७ लाख बढीको अवैध सामान बरामद

बिहिवार , चैत्र २६, २०८२

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • भैरहवा, २६ चैत । रुपन्देहीमा प्रहरीले ७ लाख बढीको अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले बुधबार अन्दाजी मूल्य ७ लाख ५४ हजार रुपैयाँ बराबरको सामान बरामद गरेको हो।

    जिल्लाका विभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा अवैधरुपमा भन्सार छली चोरीपैठारी गरेको सामान नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्ण कुमार चन्दले बताउनुभयो ।

    प्रहरीले बरामद गरेको सामानमा डीजे प्लस स्पीकर, डीजे लाईट, केरा, सारी, कुर्था सुरुवाल, जिउँदो ब्रोईलर कुखुरा, मोटरसाइकल लगायत रहेका छन् ।

    बरामद गरिएका सामान र सवारीसाधन आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाइन कार्यालय भैरहवा र भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको डीएसपी चन्दले जानकारी दिनुभयो ।