२०८२, चैत्र २६ गते

Apr 09 2026 | २०८२, चैत्र २६ गते

सरकारको खुट्टी हेर्दा खासै पत्यार लागेको छैन : पूर्ण बस्नेत

बिहिवार , चैत्र २६, २०८२

  • 433
    Shares
  • 433
    Shares
  • काठमाडौं, २६ चैत । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारको खुट्टी हेर्दा आफूलाई खासै पत्यार नलागेको बताउनुभएको छ । सरकारको काम कारवाही सन्तोषजनक नरहेको भन्दै बस्नेतले पूर्ववर्ती सरकार र वर्तमान सरकारका काम कारबाहीमा खास फरक नरहेको भन्दै उक्त टिप्पणी गर्नुभएको हो ।

    बस्नेतले भन्नुभयो, ‘एकै किसिमको घटनामा पूर्ववर्ती सरकारको व्यवहार सेलेक्टिभ हुने गथ्र्यो, अहिलेको सरकार पनि सेलेक्टिभ छ । पूर्ववर्ती सरकारले पनि विदेशी ऋण लिन्थ्यो यो सरकारले पनि लियो । यातायातको भाडा बढ्थ्यो, अहिले पनि बढ्यो । महंगी र मूल्यवृद्धि हुन्थ्यो अहिले पनि व्यापक मूल्यवृद्धि र महंगी छ ।’

    झण्डै दुईतिहाईको मतादेश पाएको सरकारको कामकारबाही जनताले गम्भीरतापूर्वक नियालिरहेको भन्दै सरकारको हाउभाउ र रबैया साउथ इण्डियन मुभीजस्तो भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘युवाहरुले पक्कै पनि साउथ इण्डियन फिल्म मन पराउँछन् । तर, नेपालमा ब्लकबस्टर हुने भनेको पूर्णबहादुरको सारंगीजस्तो मौलिक नेपाली फिल्म नै हो । यो कुरा सरकारले गम्भीरतापूर्वक बुझ्न जरुरी छ ।’

    लोकतन्त्रमा जनता बलियो र सचेत बनेमात्र सरकार जवाफदेही बन्ने उहाँको तर्क छ । सुशासन र विधिको शासन जनताले अनुभूत गर्ने कुरा भएको उहाँले बताउनुभयो ।