२०८२, चैत्र २६ गते

Apr 09 2026 | २०८२, चैत्र २६ गते

ओलीपछि पूर्वगृहमन्त्री लेखक पनि हिरासतबाट रिहा

बिहिवार , चैत्र २६, २०८२

  • 334
    Shares
  • 334
    Shares
  • काठमाडौं, २६ चैत । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीपछि पूर्वगृहमन्त्री रमेश लेखक पनि १३ दिनको हिरासत बसाइपछि रिहा भएका छन् ।

    जेन–जी आन्दोलनमा दमन गरेको भन्दै पक्राउ परेका उनीहरूलाई बिहीबार प्रहरीले परिवारको जिम्मा लगाएर रिहा गरेको हो ।उनीहरू १४ चैतमा आ–आफ्नो निवासबाटै पक्राउ परेका थिए । पक्राउ परेलगत्तै त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका ओलीलाई प्रहरीले आज परिवारको जिम्मा लगाएको हो ।

    लेखकलाई उनकी पत्नी यशोदा लेखकको जिम्मा लगाएर रिहा गरिएको हो । यसअघि प्रहरीको टोलीले महाराजगञ्जस्थित अस्पताल परिसरबाटै ओलीलाई पत्नी राधिका शाक्यसहितका आफन्तको जिम्मा लगाएको थियो । उनीहरूविरुद्ध अब म्याद थप नगर्न सर्वोच्चले परमादेश दिएको थियो ।