२०८२, चैत्र २६ गते

Apr 09 2026 | २०८२, चैत्र २६ गते

‘मलाइ अलि ठूलो जिम्मेवारी भयो तर म सक्छु’ : उपसभामुख उम्मेद्वार रुवी

बिहिवार , चैत्र २६, २०८२

  • 289
    Shares
  • 289
    Shares
  • काठमाडौं, २६ चैत । प्रतिनिधि सभाको उपसभामुख पदमा उम्मेद्वार दिनुभएकी श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुरले आफूलाई पार्टीले ठूलो जिम्मेवारी दिएको बताउनुभएको छ । 

    उम्मेद्वारी दर्तापछि बिहीवार पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूलाई ठूलो जिम्मेवारी दिएपनि पूरा गर्नसक्ने बताउनु भयो । उहाँले देशको लागि आफूले सकेको सबै गर्ने बताउनु भयो ।

    उहाँले भुँईको मान्छेलाई पार्टीले यतिछिट्टै ठूलो तहमा पु¥याएको पनि उल्लेख गर्नुभयो । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफूलाई समर्थन गरेर सरप्राईज दिएको दिएको उहाँको भनाई छ । उहाँले मधेशको छोरीलाई अगाडी बढाउन उहाँहरुले सहयोग गरेको हुनसक्ने बताउनु भयो । 

    उहाँले भन्नुभयो, ‘रास्वपाले समर्थन गर्ने कुरा थिएन, उहाँहरुले पनि समर्थन गरेर सरप्राईज दिनुभएको छ, धेरै धेरै धन्यवाद दिन चाहन्छु । म मधेसको छोरी हो, मधेसको छोरीलाई अगाडी बढाउन उहाँहरुले सहयोग गर्नुभएको होला । म अध्यक्षज्युलाई पनि धन्यवाद भन्न चाहन्छु, म भुँईको मान्छेलाई यति माथीसम्म पु¥याउनु भयो ।

    मैले कल्पना पनि गरेको थिएन, यहाँसम्मको लागी । मलाई खुशी लागिरहेको छ, मलाइ अलि ठूलो जिम्मेवारी भयो तर म सक्छु । म देशलाई चाहिने सबैथोक गर्छ, सधै साथ दिन्छु ।’ 

    ठाकुरले रास्वपाको समर्थनमा बिहीवार संघीय संसद सचिवालयमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।