२०८२, चैत्र २७ गते

Apr 10 2026 | २०८२, चैत्र २७ गते

लुम्बिनी प्रदेश सभाको १० औं बैठक बस्दै

शुक्रवार , चैत्र २७, २०८२

  • 289
    Shares
  • 289
    Shares
  • दाङ, २७ चैत । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गत १० औं बैठक शुक्रबार (आज) बिहान ११ बजे बस्ने भएको छ । प्रदेश सभा सचिवालयका अनुसार बैठकमा समसामयिक विषयमा प्रदेश सभा सदस्यहरुले विशेष समयमा आफ्ना धारणा राख्ने कार्यसूची छ ।

    त्यस्तै उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले ‘लुम्बिनी प्रज्ञा प्रतिष्ठान विधेयक’ को सैद्वान्तिक छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूची छ ।

    त्यसै गरी मुख्यमन्त्री चेतनारायण आचार्यले ‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न बनेको प्रतिवेदनसहितको विधेयक’ माथि छलफल गरियोस् र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।