२०८२, चैत्र २९ गते

Apr 12 2026 | २०८२, चैत्र २९ गते

चिदिका–रुपन्देही सम्पर्क समाजद्वारा शुभकामनासँगै सांसदलाई सम्मान

आइतवार , चैत्र २९, २०८२

  • 376
    Shares
  • 376
    Shares
  • बुटवल, २९ चैत । चिदिका–रुपन्देही सम्पर्क समाज, बुटवलको आयोजनामा नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा शुभकामना आदानप्रदान, भित्तेपात्रो विमोचन तथा विशेष सम्मान कार्यक्रम सम्पन्न भएको छ । बुटवलमा आयोजित उक्त समारोहमा समाजका विभिन्न तह र तप्काका व्यक्तित्वहरूको उपस्थिति थियो ।

    कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य मन्जु ज्ञवाली भुसालले समाजले आफ्नो भूगोलभन्दा टाढा रहेर पनि आत्मीयता र एकता कायम राखेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले प्रतिनिधि सभा सदस्यमा निर्वाचित गराएर आफूलाई सेवा गर्ने अवसर दिएकोमा कृतज्ञता प्रकट गर्नुभयो । उहाँले समाजको विकास र सदस्यहरूको हितका लागि नीतिगत तहबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

    सोही अवसरमा नेपाल सरकारको सह–सचिवमा पदोन्नति हुनुभएका बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक ज्ञवालीले समाजको सल्लाहकारका रूपमा रहन पाउनु गौरवको विषय भएको बताउनुभयो । उहाँले संस्थागत सुदृढीकरणका लागि प्रशासनिक अनुभवलाई परिचालन गर्ने धारणा राख्नुभयो ।

    कार्यक्रममा वरिष्ठ पत्रकार एवं समाजका सल्लाहकार अर्जुन ज्ञवालीले सूचना र सञ्चारको माध्यमबाट समाजलाई थप गतिशील बनाउनुपर्नेमा जोड दिनुभयो । संस्थापक अध्यक्ष पुरुषोत्तम अर्यालले संस्था स्थापनाको उद्देश्य सम्झँदै यसलाई अझै उचाइमा पुर्याउनुपर्ने बताउनुभयो । निवर्तमान अध्यक्ष केशवराज पन्थीले संस्थामा एकताको सन्देश प्रवाह गर्दै युवा पुस्तालाई सामाजिक कार्यमा जोड्नुपर्ने औंल्याउनुभयो ।

    त्यस्तै क्यालेण्डर प्रकाशन उपसमितिका संयोजक टेकबहादुर टण्डनले भित्तेपात्रोले सदस्यहरूबीचको सञ्चारलाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो । ठूलाखर्क सेवा समाजका महासचिव किशोर ज्ञवालीले विभिन्न समाजहरूबीचको सहकार्यले मात्रै सामाजिक उद्देश्य प्राप्त हुने उल्लेख गर्नुभयो ।

    समाजका सचिव हेमनाथ ज्ञवालीले सबैको सहकार्य नै संस्थाको पुँजी भएको विचार व्यक्त गर्नुभयो । समाजकी सदस्य पवित्रा श्रेष्ठले महिलाहरूको सक्रिय सहभागिताले समाजलाई जीवन्त बताउनुभयो ।

    कार्यक्रमका अवसरमा प्रतिनिधि सभा सदस्य मन्जु ज्ञवाली भुसाल, सह–सचिव दीपक ज्ञवाली र शाखा अधिकृतमा पदोन्नति हुनुभएका रामहरि अर्याललाई समाजकातर्फबाट सम्मान गरिएको थियो । कार्यक्रममा समाजकी अध्यक्ष गीता ज्ञवालीले सबैको अटुट विश्वास र सहकार्यले नै समाजले सफलता हासिल गरेको बताउनुभयो ।