२०८२, चैत्र ३० गते

Apr 13 2026 | २०८२, चैत्र ३० गते

दोस्रो मिस्टर कपिलवस्तुको उपाधि पनि सुरेन्द्र बर्मालाई

आइतवार , चैत्र २९, २०८२

  • 316
    Shares
  • 316
    Shares
  • कपिलवस्तु, २९ चैत । कपिलवस्तुमा सम्पन्न भएको दोस्रो मिस्टर कपिलवस्तु पुरुष शारीरिक सुगठन प्रतियोगिताको उपाधि सुरेन्द्र बर्माले जितेका छन् । तौलिहवास्थित पावर जिमका बर्माले ६५ केजी तौल समूहबाट प्रतिस्पर्धा गर्दै विधागत विजेताहरूलाई पछि पारेर पुनः ओभर अल च्याम्पियनको टाइटल हात पारेका हुन् । उनी प्रथम मिष्टर कपिलवस्तुका विजेता समेत हुन् ।

    कपिलवस्तु जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको आयोजनामा भएको सो प्रतियोगितामा चार तौल समूहमा २५ खेलाडीबीच कडा प्रतिष्पर्धा भएको थियो । ६० केजी समूहमा बुद्ध जिमका महफुज अलि दर्जी प्रथम भए ।

    त्यस्तै पावर जिमका समसाद मुसलमान र अल्फाज खान क्रमशः दोस्रो र तेस्रो स्थानमा रहन सफल भए । समूहगत विजेताको अन्तिम प्रतिष्पर्धामा ६५ केजी समूहबाट विजेता बनेका सुरेन्द्र वर्मा अन्यलाई पछि पर्दै ओभरअल च्याम्पियन बने । विजेता बनेसँगै उनले ५० हजार रुपैयाँ नगद, ट्रफी र उपाधि हात परे । ६५ केजी समूहमा पावर जिमका शैलेन्द्र प्रसाद कसौधन दोस्रो र बुद्ध जिमका योगमणि तिवारी तेस्रो बने ।

    ७० केजी समूहमा हेल्थ फिटनेसका विकास श्रेष्ठले स्वर्ण पदक जिते भने पावर जिमका सुग्रीव कुर्मी दोस्रो र हेल्थ फिटनेसकै बिरु यादव तेस्रो स्थानमा रहे । ७५ केजी समूहमा हेल्थ फिटनेसका ईश्वर पुन प्रथम, पावर जिमका मो. इस्तेखार हलवाई दोस्रो र सकल जिमका शैलेन्द्र श्रीमल तेस्रो हुन सफल भए ।

    विजेता खेलाडीहरूलाई समापन कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका केन्द्रीय उपाध्यक्ष सितु प्रसाद श्रेष्ठ, छैठौं धर्म श्री विजेता जीवन गिरी कपिलवस्तु नगरपालिकाका वडाअध्यक्ष प्रकाश गैरेले ट्रफी, मेडल र प्रमाणपत्रद्वारा सम्मान गरेका थिए ।

    शारीरिक सुगठन खेलको विकास र स्थानीय खेलाडीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाका सचिव मनिष कार्कीले बताए । 

    प्रतियोगितामा अन्तराष्ट्रिय निर्णायक केशव बहादुर शाक्य, बरिष्ठ निर्णायक शिवध्वज राई र राष्ट्रिय निर्णायक राजकुमार श्रेष्ठले निर्णय गरेका थिए । टेक्निकल एम सि सितु प्रसाद श्रेष्ठले तथा कार्यक्रम सञ्चालन युवा सञ्चारकर्मी भुपाल थापाले गरे । प्रतियोगिता संघका अध्यक्ष कृष्ण थापाको अध्यक्षता तथा शिवराज नगरपालिकाका प्रमुख अजय थापाको प्रमुख आतिथ्यतामा भएको थियो ।