२०८३, श्रावण २५ गते

Aug 10 2026 | २०८३, श्रावण २५ गते

सुदनको किराती प्रश्न : गणतन्त्रलाई रास्वपाले खिलको रूपमा लिन थालेको हो ?

बुधवार , बैशाख २, २०८३

  • 886
    Shares
  • 886
    Shares
  • काठमाडौं, २ वैशाख । पूर्व पर्यटनमन्त्री सुदन किरातीले के गणतन्त्रलाई रास्वपाले खिलको रूपमा लिन थालेको हो भन्दै प्रश्न गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछानेले नयाँ वर्षको शुभकामनासँगै–‘यो खिल निकाल्ने वर्ष हो, पीडा हुन सक्छ’ भन्नुभएको थियो ।

    सामाजिक सञ्जाल फेसबुकमा किरातीले लेख्नुभएको छ–‘देश बनाउँछु भन्ने नेताले के–के गर्नुपर्छ भन्ने थाहा पाउनु मात्र प्रयाप्त हुँदैन, के–के गर्नुहुँदैन भन्ने पनि थाहा पाउन त्यतिकै जरूरी हुन्छ ।’ 

    बालेन सरकारले सार्वजनिक गरेको ‘राष्ट्रिय प्रतिवद्धता पत्र’ मा पूर्व–पश्चिम राजमार्गलाई ‘महेन्द्र राजमार्ग’ नामाकरण गरेर दिनु खोजेको सन्देश के हो भन्दै उहाँले प्रश्न गर्नुभएको छ ।  गणतान्त्रिक सरकारलाई राजतन्त्रसँग जोडिएका प्रतीकहरूप्रति अति मोह जागृत भएको हो ? उहाँको प्रश्न छ ।