२०८३, बैशाख ३ गते

Apr 16 2026 | २०८३, बैशाख ३ गते

संसदलाई मर्यादित र सक्रिय ढङ्गले अगाडि बढाउनुपर्छ : रवि लामिछाने

बिहिवार , बैशाख ३, २०८३

  • 241
    Shares
  • 241
    Shares
  • काठमाडौं, ३ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसदलाई मर्यादित र सक्रिय ढङ्गले अगाडि बढाउनुपर्ने बताउनुभएको छ । 

    संसदीय समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संसदको प्रमुख जिम्मेवारी आवश्यक कानून निर्माण र परिमार्जन गर्नु रहेको बताउनु भयो । उहाँले विवेकपूर्ण ढङ्गले सदन अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सभामुखको भुमिका पनि सकारात्मक रहने अपेक्षा राख्नुभयो ।

    यस वर्ष समाजमा व्याप्त विसङ्गति र बेथितिहरूलाई अन्त्य गर्ने अवसर भएको बताउनु भयो । प्रधानमन्त्री र मन्त्रीहरूको सम्पती अस्वाभाविक भएको भन्ने चर्चाका सन्दर्भमा लामिछानेले सबै सार्वजनिक पदमा रहेका व्यक्तिहरू छानबिनको दायरामा रहेको स्पष्ट पार्नुभयो । उहाँले छानबिन आयोग बनिसकेको र त्यसको कार्यक्षेत्र (टिओआर) भित्र प्रधानमन्त्रीदेखि मन्त्रीहरूसम्म सबै पर्ने बताउनु भयो ।