२०८३, आषाढ २९ गते

Jul 13 2026 | २०८३, आषाढ २९ गते

रुपन्देहीमा झण्डै १६ लाखको अवैध सामान बरामद

मंगलवार , बैशाख ८, २०८३

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • भैरहवा, ८ वैशाख । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले दुई दिनमा झण्डै १६ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ ।

    वैशाख ६ र ७ गते जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा अवैधरुपमा भन्सार छली चोरी पैठारी गरेको अन्दाजी मूल्य १५ लाख ९० हजार १ सय ५५ रुपैयाँ बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

    नियन्त्रणमा लिइएको सामान, सवारीसाधन र मानिससमेतलाई आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाईन कार्यालय तथा भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक  (डीएसपी) कृष्ण कुमार चन्दले जानकारी दिनुभयो ।

    प्रहरीले बरामद गरेको सामानमा भैसी, पाडी, भाडाहरु, लेडिज सुट, साडी बोईलर कुखुरा, केरा, अंगुर, चुकन्दर, कटहर, फर्सी, सेतो अण्डा, पेय पदार्थ, विभिन्न किसिमका पटका, दैनिक उपभोग्यका मोटरसाईकल, पीकअप गाडी लगायत रहेका छन् ।