२०८३, आश्विन २९ गते

Oct 15 2026 | २०८३, आश्विन २९ गते

सैनामैना प्रेस क्लबको अध्यक्षमा दीपक र महासचिवमा सुरेश

मंगलवार , बैशाख ८, २०८३

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • रुपन्देही, ८ वैशाख । रुपन्देहीको सैनामैनामा प्रेस क्लब गठन भएको छ । सैनामैना क्रियाशील पत्रकारहरुको भेलाले केही दिन अघि गठन भएको सैनामैना प्रेस क्लबको अध्यक्षमा दीपक न्यौपाने, वरिष्ठ उपाध्यक्षमा टीकाराम खराल, उपाध्यक्षमा खिम बहादुर खड्का, महासचिबमा सुरेश परियार, सचिवमा विमल गैरे, कोषाध्यक्षमा अम्बिका दर्जी रहनुभएको छ । त्यस्तै सदस्यहरुमा शिव सुवेदी, राजन गौतम, प्रदीप ज्ञवाली, निश्चल ज्ञवाली र सन्दिका बन्जाडे चयन हुनुभएको छ ।

    गठन गरे सो क्लबले सोमबार सैनामैना नगरपालिकामा दर्ता प्रमाणपत्र र प्यान जारी गर्दै आधिकारिता प्राप्त गरेको छ ।
    क्लबका अध्यक्ष दीपक न्यौपानेले संस्थागत विकास गर्ने बताउनुभयो । अध्यक्ष न्यौपानेले स्थानीय सरकार र सञ्चार क्षेत्रको सहकार्यले नागरिकलाई सुसुचित बनाउने बताउनुभयोे ।