२०८३, भाद्र ११ गते

Aug 27 2026 | २०८३, भाद्र ११ गते

इप्रका धकधईलाई मोटरसाइकल हस्तान्तरण

शनिवार , बैशाख १२, २०८३

  • 964
    Shares
  • 964
    Shares
  • भैरहवा, १२ वैशाख । रुपन्देहीको रोहिणी गाउँपालिका–४ मा रहेको दुईपांग्रे स्कुटर तथा मोटरसाइकल एसेम्बलीङ गर्ने उद्योग हिमाल मोटो नेपाल प्रा.लि. र स्याकार ट्रेनिङ कम्पनी प्रा.लि. ले इलाका प्रहरी कार्यालय धकधईलाई मोटरसाइकल सहयोग गरेका छन् ।

    प्रहरीलाई सेवा प्रवाहका क्रममा केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले ३ लाख ३ हजार ९ सय रुपैयाँ मूल्य बराबरको एकथान मोटरसाइकल एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको हो ।

    कार्यक्रममा होण्डा मोटर कम्पनी लिमिटेड एसिया तथा ओसिनिया क्षेत्रका उपाध्यक्ष तोसियो कुवाहारा तथा हिमाल मोटो नेपाल प्रा.लि.का सञ्चालक सौरभ ज्योतीले इलाका प्रहरी कार्यालय धकधईका प्रमुख रामभक्त भट्टराईलाई मोटरसाइकल हस्तान्तरण गर्नुभएको थियो ।

    कार्यक्रममा होण्डा मोटर जापानका विक्री प्रबन्धक योशिकी कामियो र कोजिरी कामिया, स्याकार समूहका सञ्चालक सोहिद ज्योती, महाप्रबन्धक सोइनबहादुर श्रेष्ठ, सर्भिस म्यानेजर सीताराम न्यौपाने, पार्टस म्यानेजर प्रलाद गौतम, इम्पोर्ट हेड बन्दन कार्की, प्रवीण पौडेल, टंकबहादुर दर्लामी, प्लान्ट हेड सरोज पाण्डे, प्रहरी नायव निरीक्षक रेशम रिजाल लगायतको उपस्थिति रहेको थियो।

    कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चालक सौरभ ज्योतीले उपभोक्तालाई उत्कृष्ट इन्धन बचत, आकर्षक बनावट र गुणस्तरीय सेवा प्रदान गर्न कम्पनी सधै प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले उद्योगमार्फत रोजगारी सिर्जना गरी देशको समृद्धिमा योगदान पुर्‍याउने लक्ष्य रहेको उल्लेख गर्नुभयो । टंकबहादुर दर्लामीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।