२०८३, बैशाख १४ गते

Apr 27 2026 | २०८३, बैशाख १४ गते

लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन वैशाख १७ गतेदेखि आह्वान

सोमवार , बैशाख १४, २०८३

  • 175
    Shares
  • 175
    Shares
  • दाङ, १४ वैशाख । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन आगामी वैशाख १७ गतेदेखि सुरु हुने भएको छ । प्रदेश सभा सचिवालयले जारी गरेको सूचना अनुसार नेपालको संविधानको धारा १६६ को उपधारा (१) र धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख कृष्ण बहादुर घर्तीमगरबाट अधिवेशन आह्वान गरिएको हो ।

    सूचना अनुसार अधिवेशन वैशाख १७ गते बिहीबार दिउँसो १ बजे बस्ने तय गरिएको छ । लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम ३ को उपनियम (१) बमोजिम प्रदेश सभा सदस्यहरुलाई जानकारी गराउने उद्देश्यले सूचना प्रकाशन गरिएको प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिनुभयो ।