२०८३, आषाढ २९ गते

Jul 13 2026 | २०८३, आषाढ २९ गते

विद्यालय बाल संरक्षण मापदण्डसम्बन्धी अन्तरक्रिया

शुक्रवार , बैशाख १८, २०८३

  • 712
    Shares
  • 712
    Shares
  • भैरहवा, १८ वैशाख । विद्यालय बाल संरक्षण मापदण्डसम्बन्धी अन्तरक्रिया कार्यक्रम बिहीबार रुपन्ज्देहीको भैरहवामा सम्पन्न भएको छ । 

    बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको संस्था सिविन नेपालको आयोजनामा भएको कार्यक्रममा रुपन्देहीका विभिन्न पालिकाका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, विद्यालयका प्रधानाध्यापक, शिक्षक, पत्रकार, लगायत सरोकारवालहरुको सहभागीता रहेको थियो । 

    कार्यक्रममा सिविन नेपाल हेल्पलाइनका म्यानेजर अधिवक्ता सागर भण्डारीले प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले विद्यालय बाल संरक्षण मापदण्डको आवश्याकता, उद्देश्य, लक्ष्य ,सरोकारवालहरुको भूमिका, मापदण्डको काम, सिकाइ जस्ता विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ५७ ले मापदण्ड सम्बन्धी विशेष जिम्मेवारी प्रदान गरेको कार्यक्रममा जानकारी गराइएको थियो । 

    कार्यक्रममा संयुक्त राष्ट्र संघको बाल अधिकार महासन्धी १९८९ का सिद्धान्तका बारेमा जानकारी गराइएको थियो । 
    कार्यक्रममा सियारी गाउँपालिकाको उपाध्यक्ष तारा चौधरी, रोहिणी गाउँपालिका शिवकान्ती हरिजन, ओमसतिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थी, श्री बेलहिया माध्यमिक विद्यालयको प्रधानाध्यापक बिना भण्डारी, सियारी गाउँपालिकाका शिक्षा अधिकृत सुधिर पौडेल, सिद्धार्थनगर शिक्षा अधिकृत कृष्ण पोखरेल लगायतले विद्यालय मापदण्डको महत्व र अबका दिन आ–आफनो ठाउँमा लागू गर्ने बताउनुभएको थियो । 

    कार्यक्रममा सिविनका कार्यक्रम निर्देशक धु्रव गौतम, अध्यक्ष माधव प्रधान, भैरहवा कार्यक्रम व्यवस्थापक विष्णु पौडेल लगायतले बोल्नुभएको थियो ।