शनिवार , बैशाख १९, २०८३
भैरहवा, १९ वैशाख । माण्डव्य सेवा समाज रुपन्देहीको २१ औं वार्षिक साधारण सभा तथा १० औं अधिवेशन सम्पन्न भएको छ । शुक्रबार भैरहवामा सम्पन्न साधारण सभा तथा अधिवेशनले पुनः लक्ष्मण ज्ञवालीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा अनिल कुमार ज्ञवाली, सचिवमा विरेन्द्र ज्ञवाली, कोषाध्यषमा शारदा ज्ञवाली र सह–सचविमा पोम नारायण ज्ञवाली रहनुभएको छ । त्यस्तै सदस्यहरुमा अनिल ज्ञवाली, हरि ज्ञवाली, धन प्रसाद ज्ञवाली, सरस्वती ज्ञवाली र सुरज ज्ञवाली रहनुभएको छ ।
साधारण सभा तथा अधिवेशनबाट उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह–सचिव राजेश्वर ज्ञवालीले माण्डव्य सेवा समाज रुपन्देहीले उल्लेखनीय काम गरेको बताउनुभयो । उहाँले भैरहवामा निर्माण भएको ज्येष्ठ नागरिक आश्रय भवन यस नगरको गहना भएको बताउनुभयो । त्यस्तै गौरो कुल देवताको मन्दिर निर्माण भएको भन्दै उहाँले बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा रुद्र ज्ञवाली, केशवराज ज्ञवाली, कुलानन्द ज्ञवाली, शारदा गौतम ज्ञवाली लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
सो अवसरमा समाजसेवी अधिवक्ता कुलानन्द ज्ञवालीले ४ लाखको गौरो (कुल देवताको मन्दिर) निर्माण गरी समाजलाई हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा समाजका सल्लाहकार कुलानन्द ज्ञवाली, राधा ज्ञवाली, रुद्र ज्ञवाली, देव प्रसाद ज्ञवाली र सदस्य चेत नारायण ज्ञवालीलाई सम्मान गरिएको थियो ।
समाजका अध्यक्ष लक्ष्मण ज्ञवालीको अध्यक्षता, उपाध्यक्ष अनिल कुमार ज्ञवालीको स्वागत तथा सचिव विरेन्द ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।सो अबसर कुलपुजा पनि बृहत उपस्थितीमा सम्पन्न भएको थियो । सो अवसरमा कुल पूजा पनि गरिएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
