२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

कोरोना बिशेष अस्पताल बेलझुण्डीमा एकै दिन ५ जनाको मृत्यु

आइतवार , बैशाख २६, २०७८

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • बेलझुण्डी, बैशाख २६ ।

    दाङको कोरोना बिशेष अस्पताल बेलझुण्डीमा एकै दिन ५ जनाको मृत्यु भएको छ । कोरोना बिशेष अस्पतालका ब्यबस्थापक दोर्ण वलीले जानकारी दिए ।

    आइतबार दंगिशरण गाउँपालिकाकी ५३ बर्षीया महिला, तुलसीपुर उपमहानगरपालिकाकी ५८ बर्षीया महिला र घोराही उपमहानगरपालिकाका ५९ र ४१ बर्षीय दुइ पुरुषको मृत्यु भएको छ ।

    त्यसैगरि बबई गाउँपालिकाकी २७ बर्षीया महिलाको मृत्यु भएको ब्यबस्थापक वलीले जानकारी दिए ।