२०८३, बैशाख २० गते

May 03 2026 | २०८३, बैशाख २० गते

पर्यटनमन्त्री पौडेलद्वारा मर्चवारीदेवी मन्दिरमा पूजाआजा

आइतवार , बैशाख २०, २०८३

  • 190
    Shares
  • 190
    Shares
  • भैरहवा, २० वैशाख । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री खडक राज पौडेल (गनेस) ले रुपन्देहीको मर्चवारीमाई गाउँपालिका–५ स्थित मर्चवारीदेवी मन्दिरमा पूजाआजा गर्नुभएको छ । शनिबार मन्त्री पौडेल मन्दिरमा पुगेर पूजाआजा गर्नुभएको हो ।

    मर्चवारको प्रमुख धरोहरको रूपमा परिचित मर्चवारीदेवी मन्दिरप्रति संघीय सरकारको चासो रहेकाले मन्त्री पौडेल मन्दिरमा आउनुभएको रुपन्देही–४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य कन्हैया बनियाले बताउनुभयो । सांसद् बनियाका अनुसार मन्त्री पौडेलले मन्दिरको भौतिक संरचना तथा यहाँको अवस्थाबारे जानकारी लिनुभएको थियो ।

    सांसद् बनियाले मर्चवारीदेवी मन्दिरलाई राष्ट्रिय सम्पदामा सूचीकृत गर्न माग गरिएपछि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको चासो बढेको उल्लेख गर्नुभयो । यसले मन्दिरको संरक्षण र पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    केही महिनाअघि प्रधानमन्त्री बालेन्द्र शाह, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र सांसद् पुरुषोत्तम यादव पनि मन्दिर पुग्नुभएको थियो । यो मन्दिरमा पूजाआजा गर्न संघीय तथा प्रदेश सरकारका मन्त्रीहरू पनि यहाँ आउने गरेका छन् ।...