२०८३, बैशाख २० गते

May 03 2026 | २०८३, बैशाख २० गते

भैरहवामा ‘क्रिएटिभ अवार्ड २०८३’ सम्पन्न

आइतवार , बैशाख २०, २०८३

  • 586
    Shares
  • 586
    Shares
  • भैरहवा, २० वैशाख । डिजिटल प्लेटफर्ममा सक्रिय सर्जकहरूलाई प्रोत्साहन गर्ने उद्देश्यसहित आयोजित ‘क्रिएटिभ अवार्ड २०८३’ शनिबार भैरहवामा सम्पन्न भएको छ । रुद्रदेवी कला केन्द्रको आयोजनामा सम्पन्न कार्यक्रममा करिब एक सयभन्दा बढी क्रिएटिभ प्रतिभाहरूलाई विभिन्न विधामा सम्मान तथा अवार्ड प्रदान गरिएको छ ।

    रुद्रदेवी कला केन्द्रका प्रबन्ध निर्देशक सुनिल गुप्ताका अनुसार कार्यक्रमको मुख्य उद्देश्य युवाहरूलाई डिजिटल क्रिएटिभ क्षेत्रमा आकर्षित गर्दै रोजगारीका अवसरतर्फ उन्मुख गराउनु हो । अध्यक्ष गुप्ताले डिजिटल माध्यमबाट आम्दानी गर्ने सम्भावना बढ्दै गएको उल्लेख गर्नुभयो । उहाँले यस क्षेत्रमा करिब एक हजार युवालाई रोजगारी दिने लक्ष्य रहेको जानकारी दिनुभयो । त्यस्तै युट्युब, टिकटक र फेसबुकजस्ता सामाजिक सञ्जालमार्फत आम्दानी गर्न चाहने युवाहरूका लागि छिट्टै प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने तयारी रहेको पनि उहाँले बताउनुभयो ।

    कार्यक्रममा नृत्य, गायन, अभिनय, विभिन्न आवाज निकाल्ने कला लगायत सामाजिक सञ्जालमार्फत आफ्नो सिर्जनात्मकता प्रस्तुत गर्दै आएका प्रतिभाहरूको सहभागीता थियो ।

    डिजिटल युगमा क्रिएटिभ क्षमतालाई व्यवसायिक रूपमा विकास गर्ने लक्ष्यका साथ यस्ता कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर गरिने जनाइएको छ ।