२०८३, आश्विन २९ गते

Oct 15 2026 | २०८३, आश्विन २९ गते

रुपन्देहीमा झण्डै २८ लाखको अवैध सामान बरामद

मंगलवार , बैशाख २२, २०८३

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • भैरहवा, २२ वैशाख । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले सोमबार झण्डै २८ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा अवैध रुपमा भन्सार छली, चोरी पैठारी गरेको अन्दाजी मूल्य २७ लाख ८० हजार ८ सय ४२ रुपैयाँ बराबरको सामान बरामद गरिएको रुपन्देही प्रहरीले जनाएको छ ।

    प्रहरीले बरामद गरेको सामानमा विभिन्न गरगहनाहरु, सुट, टिसर्ट, पाइन्ट, सेन्ट, विभिन्न कस्मेटिक सामान, क्रिम, साडी, कुर्ता सुरुवाल, गम्छा, लिपिस्टिक, ब्रोईलर कुखुरा, धानको बिउ, केरा, पटका, किराना सामान, मोटरसाइकल लगायत रहेका छन् ।

    बरामद गरिएको सामान आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाईन कार्यालय तथा भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालयका सूूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्ण कुमार चन्दले जानकारी दिनुभयो ।