२०८३, बैशाख २५ गते

May 08 2026 | २०८३, बैशाख २५ गते

सातदिने सेल्फ मेकअप तालिम सुरु

शुक्रवार , बैशाख २५, २०८३

  • 223
    Shares
  • 223
    Shares
  • भैरहवा, २५ वैशाख । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ मा सातदिने सेल्फ मेअकप तालिम (प्रशिक्षण) कार्यक्रम सुरु भएको छ । वडा नम्बर ७ कार्यालयको आयोजनामा सुरु भएको तालिममा ३५ जनाको सहभागीता रहेको छ ।

    तालिमको बिहीबार उद्घाटन गर्नुहुँदै नगर उपप्रमुख उमा अधिकारीले सीप सिकेपछि घरमै बसेर पनि आयआर्जन गर्न सकिने बताउनुभयो । उहाँले त्यसका लागि इच्छाशक्ति आवश्यक रहेकोमा जोड दिनुभयो । ‘आफैले आफैलाई बेरोजगार नबनाऔं, तालिमलाई तालिममा मात्र सीमित नगरौं, यहाँ सिकेका कुराहरु व्यवहारमा उतार्न म आग्रह गर्दछु, ’उहाँले भन्नुभयो ।

    तालिमलाई निःशुल्क नठानी नागरिकले तिरेको करको पैसाबाट सञ्चालित भएको भन्ने बुझ्न उहाँले सहभागीलाई आग्रह गर्नुभयो ।

    त्यस्तै सिद्धार्थनगर नगरपालिका–७ का वडाअध्यक्ष दामोदर शर्मा घिमिरे तालिमका सहभागीलाई ध्यान दिएर राम्रोसँग सिक्न अनुरोध गर्नुभयो । ‘यो तालिममा सहभागी भएपछि अवश्य नै उपलब्धीमूलक हुनेछ, ’उहाँले भन्नुभयो ।

    kllllll.jpg

    वडा सदस्य सुष्मा प्रधानको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । तालिममा प्रशिक्षण पवि खनालले सहजीकरण गर्नुहुनेछ ।