२०८३, जेठ १ गते

May 15 2026 | २०८३, जेठ १ गते

तातो हावा लहर (लु) सम्बन्धी कृत्रिम घटना अभ्यास

शुक्रवार , जेठ १, २०८३

  • 223
    Shares
  • 223
    Shares
  • भैरहवा, १ जेठ । नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखा, भैरहवाले तातो हावा लहर (लु) सम्बन्धी कृत्रिम घटना अभ्यास गरेको छ । सिद्धार्थनगर नगरपालिकासँगको सहकार्यमा रेडक्रस रुपन्देहीले बिहीबार भैरहवास्थित हाटबजार सडकमा उक्त अभ्यास गरिएको थियो ।

    कार्यक्रममा तातो हावाबाट बच्ने उपायहरुका बारेमा जानकारी गराइएको थियो । त्यस्तै सडकमा हिंडिरहेका सर्वसाधारणलाई निःशुल्क चिसो पानीको व्यवस्था गरिएको थियो ।

    त्यस्तै घाममा हिंडिरहेका सर्वसाधारणलाई त्यहाँ बनाइएको सेडिङ स्पेशमा बस्न समेत आग्रह गरिएको थियो ।

    कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका सभापति रामचन्द्र उपाध्याय, निवर्तमान सभापति दीपक क्षेत्री न्यौपाने, सिद्धार्थनगर नगरपालिका–५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठ, नगरपालिकाको शिक्षा शाखा प्रमुख (उपसचिव) चेतनशील लम्साल लगायतको उपस्थिति थियो ।

    अत्यधिक गर्मी वा तातो हावाको लहरका लागि पूर्वतयारी, पूर्वकार्य तथा शीघ्र प्रतिकार्य कार्ययोजनाका अनुसार अत्यधिक गर्मीका कारण सिर्जना हुने मौसमी अवस्थालाई तातो हावाको लहर (लु) भनिन्छ ।