शुक्रवार , जेठ १, २०८३
भैरहवा, १ जेठ । नेपालको अग्रणी पूर्ण भिट्रिफाईड टायल ब्राण्ड लामिनारले रुपन्देहीको भैरहवामा नयाँ एम्पोरियो डिलर शोरुम सञ्चालनमा ल्याएको छ । शुक्रबार लामिनारले भैरहवाको सिद्धार्थनगरमा जे जे स्टोनेक्स प्रा.लि.सँगको सहकार्यमा शोरुम सञ्चालन गरेको हो ।
प्रिमियम टायलका लागि ठूला शहरमा निर्भर रहनुपर्ने बाध्यताकाबीच लामिनारले स्थानीय तहमा नै गुणस्तरीय टायलको विक्रीवितरण सुरु गरेको जनाएको छ ।
लामिनारका टायल बर्दियास्थित कारखानामा उत्पादन हुन्छन् र नेपाल मानक (एनएस ६१७, पूर्ण भिट्रिफाईड टायल) अन्तर्गत पर्छन् । यस्तो टायल कम पानी सोस्ने र बलियो हुने भएकाले घर, होटल, कार्यालय तथा विभिन्न व्यावसायिक र सार्वजनिक प्रयोगका ठाउँमा प्रयोग गर्न मिल्ने कम्पनीले जनाएको छ । फुलबडी (सेन्टो), एन्टिब्याक्टेरियल सतह र उच्च चमक भएका हाई–ग्लस टायल पाइन्छन् । भैरहवाको यस शोरुममा लमिनारका ५०० भन्दा बढी डिजाइनका टायल उपलब्ध छन् ।
शोरुमलाई घरधनी, निर्माण व्यवसायी, आर्किटेक्ट र संस्थागत ग्राहकलाई लक्षित गरेर बनाइएको हो । यहाँ टायल छनोट गर्दा कुन प्रयोजनको लागि कस्तो टायल छनोट गर्ने भन्ने कुरालाई पनि प्राथमिकता दिइएको छ । ‘यो शोरुमले ग्राहकलाई टायललाई राम्रोसँग हेर्न, प्रयोगअनुसार छनोट गर्न सहयोग पुर्याउँछ । अब टायल छनोट डिजाइन मात्र होइन, प्रयोगको आधारमा पनि गर्न सकिनेछ, ’लुम्बिनी सेरामिक्सका निर्देशक अभिनव चुरिवालले भन्नुभयो ।
त्यसै गरी शोरुम उद्घाटन गर्दै युवा व्यसायीको संलग्नतामा अन्तर्राष्ट्रियस्तरको टायल उत्पादन भएकोमा लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेयले लामिनारलाई धन्यवाद दिनुभयो । उहाँले युवाहरुले स्वदेशमा नै पौरख गर्दै देशलाई आत्मनिर्भर बनाउने बाटोमा लागेको बताउँदै व्यवसायलाई सफल बनाउनको लागि आवश्यक समन्वयन गर्ने समेत बताउनुभयो ।
उद्घाटन समारोहमा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित लामिनार टायल भैरहवामा आउनु खुसीको कुरा भएको बताउनुभयो । ‘भैरहवा लुम्बिनी प्रदेशकै केन्द्र भएकाले यस क्षेत्रमा पूर्वाधार निर्माणको काम पनि धमाधम भइरहेको छ । यस्तो अवस्थामा लामिनार जस्तो गुणस्तरीय टायलको शोरुम यहाँ सञ्चालन गर्नु हाम्रो लागि खुसीको कुरा हो, ’उहाँले भन्नुभयो ।
जे जे स्टोनेक्स प्रा.लि.का निर्देशक देव कुमार अग्रवालले भन्नुभयो–‘अहिले ग्राहकले टायल किन्दा डिजाइन मात्र हेर्दैनन् । टिकाउ छ कि छैन, सफा गर्न सजिलो छ कि छैन भन्ने कुरा पनि हेर्न थालेका छन् । यो शोरुमले त्यही कुरा बुझाउन सहयोग गर्छ ।’
लामिनारले देशभर एम्पोरियो शोरुम सञ्जाल विस्तार गर्दै टायललाई प्रयोगअनुसार बुझ्ने र छनोट गर्ने प्रक्रियालाई थप व्यवस्थित बनाउँदै लैजाने कम्पनीको लक्ष्य रहेको जनाएको छ । कम्पनीले १६० भन्दा बढी शोरुम विस्तार गर्ने लक्ष्य राखेको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
