२०८३, जेठ १५ गते

May 29 2026 | २०८३, जेठ १५ गते

पर्यटकको गन्तव्य बन्दै नेपाली स्वाभिमानको प्रतिक ऐतिहासिक जीतगढी किल्ला (फोटोफिचर)

शुक्रवार , जेठ ८, २०८३

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • बुटवल, ८ वैशाख । नेपालको पश्चिम भूभागमा अवस्थित बुटवलको ऐतिहासिक धरोहरमध्ये एक महत्वपूर्ण सम्पदा हो जीतगढी किल्ला । नेपाली वीरताको प्रतीक मानिने यो किल्लाले नेपालको स्वाधीनता र राष्ट्रिय अस्मिताको इतिहास बोकेको छ ।

    jitgadhi5.JPG

    वि.सं १८७१ देखि १८७३ सम्म भएको नेपाल-अंग्रेज युद्धमा तत्कालिन नेपाली सेनाले ईष्ट ईन्डिया कम्पनीको फौजमाथि ऐतिहासिक जीत हासिल गरेको थियो । ठूलो संख्यामा तालिम प्राप्त र आधुनिक हातहतियारले सुसज्जित तत्कालिन अंग्रेज सेनासँगको युद्धमा घरेलु हातहतियारसहितको सानो संख्यामा रहेको नेपाली फौजले चतुरतापूर्वक बहादुरी देखाएर बुटवलको जीतगढी किल्ला कब्जा हुनबाट जोगाएको थियो ।

    Jitgadhi1.JPG

    नेपालका अधिकांश स्थानमा हार व्यहोरेको नेपाली फौजले जीतगढी किल्लामा सानदार जीत हासिल गरेको थियो । पटकपटक गरी ३ वर्षसम्म भएको सो युद्धमा करिब १ दर्जन नेपाली सेनाले बीरगती प्राप्त गरेका थिए । उता ईष्ट इण्डिया कम्पनीतर्फ ३ दर्जन भन्दा बढीले ज्यान गुमाएका थिए । यही गौरवपूर्ण इतिहास र विजयको निशानी स्वरुप जीतगढी किल्लालाई इतिहास र पुरातत्व शास्त्रको अध्ययन अवलोकन गर्ने पर्यटकीय आकर्षणको केन्द्र बनाउने प्रयास भइरहेको छ ।

    Jitgadhi4.JPG

    यहाँ तत्कालिन कर्णेल उजिरसिंह थापाको पुर्ण कदको शालिकसहित १०० फिट अग्लो नेपालको झण्डा, लहरै राखिएका बीरगती प्राप्त गर्ने नेपाली सेनाहरुको अर्धकदका शालिकहरु, तत्कालिन ग्रेटर नेपालको नक्सा, सांकेतिक रुपमा युद्धकालिन झल्को दिने नेपाली र अंग्रेजी सेनाका शालिकहरु, उत्सव मन्च, सुरुङमार्ग, अवलोकन गर्न आकाशे पुल, नमूना तोप तथा हतियारहरु लगायत प्रदर्शनी सामग्रीहरु राखिएका छन् ।

    lllllll.JPG
    jitgadhi8.JPG
    undefined
    jitgadhi7.JPG
    undefined
    jitgadhi6.JPG
    undefined
    lllllllllllllllllllllllk.jpg

    तस्विरहरु : हरिश ढकाल