२०८३, जेठ १० गते

May 24 2026 | २०८३, जेठ १० गते

फूलबारी सेवा समाजको ट्रस भवन शिलान्यास

शनिवार , जेठ ९, २०८३

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • भैरहवा, ९ जेठ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४ विमानघाट पथस्थित श्री दुर्गा, शिव तथा कृष्ण मन्दिर परिसरमा फूलबारी सेवा समाजको ट्रस भवन निर्माण हुने भएको छ । 

    भवनको शनिबार समाजका अध्यक्ष हुकुमराज गुरुङ, मन्दिरका अध्यक्ष विनोद पुन र फूलबारी क्याटरिङका संयोजक ज्ञानेश गुरुङले संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो ।

    सिद्धार्थनगर नगरपालिका–४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला) का अनुसार वडा कार्यालयद्वारा चालु आर्थिक वर्ष २०८२/०८३ मा विनियोजित ८ लाख रुपैयाँमा भवन निर्माण हुने भएको हो ।

    भवन निर्माणको जिम्मेवारी एसडीएम कन्सट्रक्सन प्रा.लि.ले पाएको छ । भवन निर्माण भएपछि बैठक तथा कार्यक्रम सञ्चालनका लागि सहज हुने फूलबारी सेवा समाजले जनाएको छ । 

    sss.JPG

    समाजले विभिन्न सामाजिक कार्यका साथै विपन्न परिवारलाई सहयोग गर्दै आएको छ ।