२०८३, जेठ १४ गते

May 28 2026 | २०८३, जेठ १४ गते

लुम्बिनी प्रदेश सरकारद्वारा प्रशासनिक केन्द्र परिसरमा सरसफाई

बिहिवार , जेठ १४, २०८३

  • 232
    Shares
  • 232
    Shares
  • दाङ, १४ जेठ । गणतन्त्र दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले प्रदेश राजधानी क्षेत्र राप्ती उपत्यका (देउखुरी) स्थित प्रशासनिक केन्द्र परिसरमा सरसफाई कार्यक्रम सञ्चालन गरेको छ ।

    प्रदेश सरकारले जेठ १४ गते बिहान सरसफाई कार्यक्रम आयोजना गर्ने, साँझ दीप प्रज्वलन गर्ने तथा जेठ १५ गते बिहान मूल समारोह आयोजना गर्ने निर्णय गरेको थियो । 

    सोही निर्णयअनुसार प्रशासनिक परिसरसहित सार्वजनिक प्रतिक्षालय आसपासका क्षेत्रमा सरसफाई गरिएको हो ।

    WhatsApp Image 2026-05-28 at 7.47.12 AM.jpeg

    सरसफाई कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित प्रदेश सरकारका सचिव, कर्मचारी तथा विभिन्न निकायका प्रतिनिधिहरुको सहभागीता थियो ।