२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

काठमाडौं उपत्यकामा निषेधाज्ञा जेठ १३ गतेसम्म लम्बियो

मंगलवार , बैशाख २८, २०७८

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • काठमाडौं, २८ बैशाख।

    काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आगामी जेष्ठ १३ गतेसम्मका लागि १५ दिन थपिएको छ। आज मंगलबार काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो। 

    बैठकले हाल जारी रहेको निषेधाज्ञा जेठ १३ गते राति १२ बजेसम्मका लागि थप गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ। त्यस्तै बैठकले निर्माण सामग्री दिउँसोमा ल्याउन नपाइने निर्णय गरेको छ। बैठकले विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम होटेल तथा पार्टी प्यालेसमा गर्न रोक लगाएको छ।

    विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम घरमा गर्दा पनि १० जनाभन्दा  बढी सहभागी हुन नपाइने निर्णय गरेको भक्तपुर जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भटटराईले जानकारी दिएका छन्। दिनानुदिन कोरोना संक्रमितको संख्या बढिरहेको र मृतकको संख्या पनि बढ्दै गैरहेकोले यसको रोकथाम नियन्त्रण र उपचारका लागि निषेधाज्ञा जारी गर्नुको बिकल्प नरहेको प्रजिअ भट्टराई बताए। 

    मंगलबारसम्म देशभर ९७ हजार ८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमका अनुसार तीमध्ये काठमाडौं उपत्यकाका तीन जिल्लामा सक्रिय संक्रमितको सख्या सर्वाधिक रहेको छ।