२०८३, श्रावण २४ गते

Aug 09 2026 | २०८३, श्रावण २४ गते

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन : एमालेका चार र जसपाका एक गरी पाँच नयाँ मन्त्री नियुक्त

बुधवार , जेठ २०, २०८३

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • दाङ, २० जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद् पुनर्गठन गर्दै नयाँ कार्यविभाजन गर्नुभएको छ । मुख्यमन्त्री आचार्यले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम प्रदेश प्रमुखसमक्ष मन्त्रिपरिषद् पुनर्गठनका लागि सिफारिस गर्नुभएको हो । 

    पुनर्गठित मन्त्रिपरिषद्मा पाँचजना नयाँ मन्त्रीलाई समावेश गरिएको छ । नेकपा (एमाले) बाट चारजना र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बाट एकजना मन्त्री नियुक्त गर्दै मन्त्रालयगत जिम्मेवारीसमेत तोकिएको छ ।

    पुनर्गठित मन्त्रिपरिषद्अन्तर्गत एमालेबाट संसदीय दलका प्रमुख सचेतक तुलसी प्रसाद चौधरीलाई कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्रालय, रामजी प्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा डिल्लीराज भुसाललाई उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ । 

    त्यस्तै जसपाका भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ । यसअघि उक्त मन्त्रालयको जिम्मेवारी जसपाकै आदेश कुमार अग्रवालले सम्हाल्दै आउनुभएको थियो । अग्रवालको स्थानमा अहिरलाई मन्त्री नियुक्त गरिएको हो ।

    नवनियुक्त मन्त्रीहरुको सपथग्रहण जेठ २५ गते सोमबारका लागि तय भएको छ ।