२०८३, आषाढ ४ गते

Jun 18 2026 | २०८३, आषाढ ४ गते

मानसिक स्वास्थ्य तालिम भैरहवामा सम्पन्न

बिहिवार , आषाढ ४, २०८३

  • 256
    Shares
  • 256
    Shares
  • भैरहवा, ४ असार । मानव अधिकारमा आधारित मानसिक स्वास्थ्य तालिम बुधबार भैरहवामा सम्पन्न भएको छ । बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था सिविन नेपालको आयोजनामा भएको तालिममा यस क्षेत्रका सरोकारवाला संघ-संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता थियो ।

    सहभागीहरुलाई सिविन नेपाल भैरहवाका प्रमुख बिष्णु पौडेलले सहजीकरणसहित प्रस्तुतीकरण गर्नुभएको थियो ।
    तालिममा बाल दुव्र्यवहार के हो, बाल यौन दुव्र्यवहार, बाल यौन शोषण तथा आघात भनेको के हो जस्ता विषयमा विस्तृत जानकारी गराइएको थियो । बालबालिकामा हुने यस्ता दुव्र्यवहार, यौन दुव्र्यवहार यौन शोषणका कारण बालबालिकाको मानसिक स्वास्थ्यमा गम्भिर असर पर्ने कुरामा सबैको एकमत थियो ।

    तालिममा अनुमानका कुरा, सुनेका कुरा र हेरेका कुरा फरक हुन सक्छन् भन्ने कुराको उदाहरण पनि दिइएको थियो । सो अवसरमा सहभागीहरुलाई समुहगत छलफलसहित कार्यशाला पनि गराइएको थियो ।

    तालिममा माइती नेपाल, शुभ अवसर ग्राम नेपाल, आफन्त नेपाल, सेतो गुराँस, एसओएस बाल ग्राम, प्रहरी, पत्रकार, लगायत संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि गरी ३० जनाको सहभागीता रहेको सिविन नेपालका फुलमाया पासवानले